नर्भिक अस्पतालको साधारण सभा पुस २८ गते हुने

काठमाडौँ । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारण सभा बोलाएको छ ।

नर्भिकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो वार्षिक साधारण सभा आगामी पुस २८ गते बुधवारका दिन ११ः३० बजेबाट सुरु हुने जनाएको छ ।

सो दिन थापाथलीस्थित बिएलसी होल्डिङको बोर्ड रुममा साधारणसभाका कार्यक्रम सञ्चालन हुने उल्लेख गर्दै नर्भिकले सेयरधनीहरुलाई सहभागिताका लागि आह्वान गरेको हो ।

पहिलो वार्षिक साधारण सभामा सञ्चालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा राखिएको छ ।

यस्तै, सभाका अन्य अजेण्डाहरुमा लेखा परीक्षकको प्रतिवेदनसहित संवत् २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणहरूमा छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लगाएतका निर्णयहरु अनुमोदन गर्ने रहेका छन् ।

नर्भिक अस्पताल पब्लिक कम्पनीमा रूपान्तरण भएसँगै सर्वसाधारणका लागि समेत साधारण सेयरको निष्कासन गर्ने योजनाका साथ अगाडि बढिरहेको पनि अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =