सुकुना क्याम्पसको रजत जयन्तीमा शिविर, १४ सय बिरामीको निःशुल्क उपचार

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना बहुमुखी क्याम्पसको रजत जयन्तीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा क्याम्पस परिसर मा एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा १ हजार ४ सय ९३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

शिविरमा उपचारका लागि आएका २१३ जनाको रक्त परीक्षण, १६७ जनाको मुटुको जाँच (इसीजी) र १६३ जनाको भिडियो एक्सरे गरिएको छ ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

शिविरबाट विपन्न बर्गका बिरामीहरूलाई फाइदा पुग्ने भएकाले स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने नोबेल अस्पतालका सञ्चालन डा.सुनिल शर्मा बताउँछन् ।

डा.शर्मा अध्यक्ष रहेको काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले पनि विभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =