टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माद्वारा नर्भिकमा पूर्णकालीन सेवा सुरु

काठमाडौँ । वरिष्ठ प्रसुति तथा स्त्रीरोग एवम् टेस्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेसनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छन् ।

करिब १५ वर्षदेखि काम स्त्रीराेग विशेषज्ञका रूपमा कार्यरत डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन् ।

डा. शर्माले यसअघि अल्का अस्पतालमा आफ्नै फर्टिलिटी सेन्टरसमेत सञ्चालन गर्दै आएकी थिइन् ।

काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले सञ्चालनमा ल्याएकाे नर्भिक आईभीएफ सेन्टरमार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा सुरु गरेको जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =