सुनसरीको कोशीटप्पुमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–९ स्थित कोशीटप्पुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

इटहरी–४ स्थित इन्खा एकीकृत अस्पताल प्रालि र वराहक्षेत्र–९ स्थित कोशिका प्राथमिक विद्यालयसँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार ३ सय २१ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

उपचारका लागि शिविरमा आएका १८९ जनाको भिडियो एक्सरे, १८२ जनाको रक्त परीक्षण र ६५ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

यसअघि गत बुधवार नोबेलले इटहरीको ताल तलैयामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =