वात्सल्य नेचुरल आईभीएफद्वारा ४ सहरहरूमा स्वास्थ्य शिविर

काठमाडौँ । ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर हासिल गर्दै आएको, सहयोगी प्रजनन उपचार विधिमा अग्र, वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख ४ सहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
निस्सन्तान सम्बन्धी सङ्कुचित सोच, मिथ्या धारणा आदिका बारेमा रचनात्मक रूपमा जनचेतना फैलाउँदै आएको यस क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजनन समबन्धि आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतुले देशका विभिन्न ४ सहर (पोखरा, बिर्तामोड, नेपालगन्ज र जनकपुर) मा एक-एक दिनको शिविर गराउन लागेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
यस शिवीरमा वात्सल्यका वरिष्ठ प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारती रहनेछ्नि।
शिविरमा सेवाग्राहीहरूले आफ्नो प्रजनन अवस्था सम्बन्धी छलफल गर्न तथा निस्सन्तान हुनुको कारण पहिचान गर्न सक्ने छन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्।
पूर्ण परीक्षण पश्चात् आईभीएफ नै गर्नुपर्ने भएमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
शिविर तालिका-
पौष ३ गते, शनिवार – मेघा हेल्थ केयर, सभागृह चौक, पोखरा
पौष १० गते, शनिवार – निशा एडभान्स अल्ट्रासाउन्ड एन्ड डाइग्नोष्टिक क्लिनिक, बिर्तामोड, झापा
पौष १७ गते, शनिवार – वात्सल्य हेल्थ केयर, नेपालगन्ज शाखा, बि।टि।एस। चौक, नेपालगन्ज, नर्सिङ होम अगाडि
पौष २४ गते, शनिवार – प्रदीप क्लिनिक, हस्पिटल रोड- वार्ड ६, जनकपुर, जनकपुर प्रादेशिक अस्पतालको अगाडि









