बालबालिकाको अप्रेसनमा अब्बल बन्दै केएमसी

काठमाडौं । काठमाडौँको सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेज बालबालिकाको शल्यक्रिया सेवामा पनि अब्बल बन्दै गएको छ ।

बाल शल्य चिकित्सकबाट जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेर केएमसीले सेवा दिँदै आएको छ ।

भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा पढेर आएका वाल शल्य चिकित्सक डा.आशिस लाल श्रेष्ठसहितको चिकित्सकीय टिम केएमसीमा छ । केएमसीले बालबालिकाको जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।

केही महिना अघि पनि केएमसीले १४ दिनको नवजात शिशुको जन्मजात देखिएको कनजेनिटल डायफ्रामाटिक हर्नियाँको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको जनाएको छ ।

केएमसीमा अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको टिम भएकाले बालबालिकाको जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।

केएमसीमा न्यून शुल्कमै तत्काल, सहज र सरल रूपमा बालबालिकाको शल्यक्रिया गर्ने गरिएको केएमसीका वाल तथा नवजात शिशु सर्जन डा.श्रेष्ठले बताए ।

गत वैशाख महिनाबाट बालबालिकाको शल्यक्रिया सेवा सुरु गरेको केएमसीले अहिले महिनामा करिब २०–३० जना बालबालिकाको शल्यक्रिया गर्दै आएको छ ।

बालबालिकाको शल्यक्रियाका लागि काठमाण्डौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट बिरामी आउने गरेको केएमसीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =