नाडा निर्वाचनका लागि अध्यक्षका उम्मेद्वार करण चौधरीको प्यालन घोषणा

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार करण चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यालन घोषणा गरेका छन् ।

चौधरीको सो–प्यानलमा अटोमाबाइल क्षेत्रमा लामो अनुभव बटुलेका व्यवसायीदेखि नयाँ युवा पूस्ताका समेत समेटिएको समूहको भनाइ छ ।

अटोक्षेत्रका चार पाङग्रे, दुई पाङग्रे, ब्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्ट जस्ता सबै क्षेत्रबाट प्रतिनिधि छानेर प्यानल घोषणा गरिएको चौधरीले बताएका छन् ।

प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

प्यानल घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी उम्मेद्वार करण चौधरीले आफ्नो प्यानल हरेक दृष्टिले सक्षम र उत्कृष्ट रहेको बताए ।

‘हाम्रो समूहमा अनुभव र जोशको उत्तम समिश्रण छ,’ उनले भने, ‘त्यसैले अनुकलता र प्रतिकुलता दुबैमा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अगि बढ्न हाम्रो टिम सक्षम छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *