मिका सिंहको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक
मकालु खबर
२०७८ असोज २६ गते
काठमाडौँ । बलिउडका चर्चित गायक मिका सिंहले गाएको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक भएको छ । युग भुसालको सङ्गीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ । भिडिओमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा सङ्ग्रौलाको अभिनय छ ।
विभोर पोखरेल र दिलीप समनको निर्देशनमा तयार भएको भिडिओमा रोशन पराजुलीको लगानी छ । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडिओ राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ ।
मकालु खबर
२०७८ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित