मिका सिंहको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक

काठमाडौँ । बलिउडका चर्चित गायक मिका सिंहले गाएको नेपाली गीत ‘बोतलको बिर्को’ सार्वजनिक भएको छ । युग भुसालको सङ्गीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ । भिडिओमा आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा सङ्ग्रौलाको अभिनय छ ।

विभोर पोखरेल र दिलीप समनको निर्देशनमा तयार भएको भिडिओमा  रोशन पराजुलीको लगानी छ । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडिओ राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *