लगानी बोर्डको रणनीतिक योजना : ५ वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने

काठमाडौँ । पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य सहित तयार भएको लगानी बोर्डको रणनीतिक योजना सार्वजनिक गरिएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाद्वारा लगानी बोर्डको दशौं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा पाँच वर्षे व्यावसायिक योजना  (२०७८-८२) सहितको उक्त रणनीतिक योजना सार्वजनिक भएको हो ।

रणनीतिक योजनाले पाँच वर्षमा १० अर्व अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने, कम्तीमा १ लाख रोजगारी सृजना गर्न सहयोग पुर्याउने प्रभावकारी लगानी प्रवर्द्धनद्वारा लगानीको वातावरण सुधार गर्न योगदान पुर्याउने तथा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने पाँचवटा मूल लक्ष्य लिएको जनाएकाे छ ।

उक्त रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजना सहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच लिइएको जनाएके छ ।

२०६८ सालमा स्थापना भएको लगानी बोर्डले ‘लगानी बोर्डको १० वर्ष: आर्थिक समृद्धिका लागि साझेदारीको मूल नाराका साथ दशौं वर्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा लगानी बोर्डको कार्यालयले तयार गरेको नेपाल इन्भेष्टमेन्ट गाइड २०२१ तथा कफी टेबल बुक’ समेत सार्वजनिक गरियो । उक्त अवसरमा लगानी बोर्डबाट सहजीकरण भइरहेका परियोजनाहरुका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आवद्ध  व्यक्ति तथा संस्थालाई सम्मान गरिएकाे छ ।

समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले सन् २०३० सम्ममा नेपाल उच्च मध्यम आय भएको मुलुकको रुपमा स्तरोन्नति है दिगो विकास लक्ष्यहरू हासिल गर्ने योजना सहित अगाडि बढेकोले यसका लागि पूर्वाधारमा उल्लेख्य लगानी आवश्यक रहेको बताए ।

‘दिगाे विकासका लक्ष्यहरू हासिल गर्नका लागि कुल वार्षिक बापत रू. ५. सर्व ५८ अर्व अपुग हुने देखिन्न,’ प्रधानमन्त्री देउवाले भने, ‘कोरोनाको महामारीको कारण विभिन्न देशहरू आफैं लगानी भित्र्याउने प्रयास गरिरहेको अवस्थामा हामीले नमानी नाकर्षित गर्ने काम सजिलो छैन, तैपनि हामी निकै आशावादी छाैँ ।’

देउवाले निजी लगानी प्रोत्साहनका लागि विभिन्न कानूनी प्रबन्ध गरी लागू गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै कोभिड महामारी भन्दा अघि लगातार तीन वर्षसम्म नेपालले ६ प्रतिशतभन्दा बढीको औषत अर्विक वृद्धि हासिल गरेको सन्दर्भमा भिद महामारी पछि पनि यस्तै उल्लेखनीय वृद्धि हासिल गर्न सकिने विस्वास व्यक्त गरे ।

सार्वजनिक निजी र सहकारी क्षेत्रको विकास र आपसी साकार्यवाटमार देशमा आर्थिक मंदिर विकास सम्भव भएको यथार्थ प्रति देशका सबै प्रमुख दलहरको विकास रहेको उल्लेख गर्दै देउवाले देशको प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रकाे सहकार्य अवश्यक रहेकाे बताए । उनले नेपालमा ठूला पूर्वाधार परियोजनामा लगानी आकर्षण गर्दै सार्बजनिक निजी साझेदारीलाई व्यवस्थित गर्न उच्चस्तरीय अधिकार सम्पन्न निकायको रुपमा स्थापना भएको लगानी बोर्डले सरकार र निजीक्षेत्र बिचकाे सम्पर्क सुत्रकाे रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने व्यक्त गरे ।

समारोहका विशेष अतिथि माननीय मन्त्री जनार्दन शर्माले देशमा निजी लगानीका लागि सहज वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपालमा आर्थिक समृद्धिका लागि आधार तयार भएको यस आगामी १० वर्षमा सरकारले लिएका लक्ष्य पूरा गर्न सार्वजनिक निजी साझेदारीमा जनताको पूँजीसमेत जोडेर ठूला पूर्वधार परियोजनामा लगानी गर्नुपर्नेमा जोड दिए ।

लगानी भनेको पैसा मात्रै नभईकन समय पनि भएकोले समयमा नै परियोजना पूरा हुने वातावरण निर्माण गर्न सरकार दृढ रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी ल्याउने  नेतृत्वदायी भूमिका खेलिरहेकाे बताए ।

कार्यक्रममा अर्का विशेष अतिथि माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भूपालले दिगो विकास लक्ष्यले सबैका लागि सस्तो, विश्वासिलो, दिगो र आधुनिक ऊर्जाको सुनिश्चितता गरिने उल्लेख गरेको जानकारी गराउँदै जलस्राेतको सदुपयोग गर्दै जति सक्दो छिटो देशमा ऊर्जा उत्पादनको सम्भावनालाई साकार पार्नु पर्नेमा जोड दिइन् ।

‘यो कार्य सरकार एक्लैले पुरा गर्न सक्ने देखिँदैन तसर्थ देशमा ऊर्जाको विद्यमान सम्भवनालाई साकार पार्न निजीक्षेत्रसँग साझेदारी गर्नुपर्छ’ मन्त्री भूसाले भनिन् ।

नेपालमा सार्वजनिक निजी साझेदारीको व्यवस्थापनको लागि मुख्य निकायको रुपमा लगानी बोर्ड रहेकोले यस अवधारणाको कार्यान्वयनमा सरकारको प्रयासहरुलाई बोर्डले प्रभावकारी तरिकाले सम्पादन गर्ने आशा व्यक्त गर्दै मन्त्री भूपालले निजी क्षेत्रलाई जलस्रोतको उत्पादन उपयोगका लागि आकर्षित गर्न मन्त्रालय र लगानी बोर्ड समेत मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी महत्वपूर्ण रहेको बताए ।

पूर्वाधार विकासलाई तीव्ररुपमा अगाडि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाहरुको सूची तयार गरेको छ । यसले लगानीकर्ताका लागि प्रतिफल र देशको आवश्यकता पुरा गर्ने सुनिश्चितता प्रदान गर्नेछ’ भट्टले भने । उनले केही वर्षभित्रै लगानी बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रुपमा विकास हुने बताउँदै सार्वजनिक-निजी साझेदारी केवल परियोजना खरिदको उपकरणमात्र नभई सामाजिक आर्थिक विकासको माध्यम समेत रहेको उल्लेख गरे ।

‘हामीले लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रुपमा स्थापना गर्न मेहनत गरिरहेका छौ जसले संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुलाई समेत आफ्नो विज्ञता प्रदान गर्नेछ । उनले एक दशक लामो अनुभवबाट परियोजना विकास कार्यान्वयन तथा लगानीकर्ताका लागि सहजीकरणमा लगानी बोर्ड मजबुत हुँदै गएको विश्वास व्यक्त गरे ।

एक दशक लामो अभ्यास तथा सिकाइहरुबाट अहिले लगानी बोर्ड थप परियोजना सहजीकरणको जिम्मेवारी बहन गर्ने क्षमता सहित राष्ट्रिय विकासमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम हुँदै गएको छ उनले भने ।

विश्व बैंकका पूर्वाधार हेर्ने क्षेत्रीय निर्देशक ग्वाङझे चेन, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट एन्ड पीपीपी प्राफेसनल्सका अध्यक्ष जीयाद अलेक्जेन्डर ह्याक (स्वीट्जरल्यान्ड), सतलज जलविद्युत् निगम भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्मा, हङकङ रेड लाइन नं. ३ कम्पनी लिमिटेडढका अध्यक्ष झ्याङ सिआवहु, होङ्सी शिवम सिमेन्टका प्रबन्ध निर्देशक लाउ शुगुवाङले मन्तव्य राखेका छन् ।

कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाई भौतिक रूपमा तथा डिजिटल प्लेटफर्म मार्फत नेपाल सरकारका उच्च पदाधिकारीहरु, नेपाल स्थित कुटनीतिक नियोगका प्रतिनिधिहरू, विदेश स्थित नेपाली नियोगका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय लगानीकर्ताहरु, विकास साझेदारहरु जन प्रतिनिधिहरु, परियोजना विकासकर्ताहरू निजीक्षेत्रका विज्ञहरु तथा संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन समारोह पछि नेपालमा दिगो पूर्वाधार विकास तथा नेपालको आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारीको विकास तथा व्यवस्थापन गरी दुईवटा विषयका छलफल सत्रहरु आयोजना हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *