लगानी बोर्डको १० वर्ष : २७ आयोजनामा साढे ८ खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले स्थापनको १० वर्षमा फरक क्षेत्रका कुल २७ ओटा ठूलो पूर्वाधार आयोजनामा साढे ८ खर्ब रूपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको जानकारी दिएको छ । स्थापनाको १० वर्ष पुगेको अवसरमा बोर्डले यस्तो जानकारी सार्वजनिक गरेको हो ।

ऊर्जा क्षेत्रका १५, खानी तथा खनिज क्षेत्रका ६, शहरी पूर्वाधार क्षेत्रका ३, औद्योगिक पूर्वाधार क्षेत्रका २ र पर्यटन क्षेत्रका १ आयोजना अघि बढेका छन् ।

यी आयोजना मध्ये केहीमा पूर्ण रुपमा वैदेशिक लगानी, केहीमा संयुक्त लगानी रहेको छ ।

लगानी बोर्डबाट अघि बढेका आयोजनाहरुमा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना, २१६ मेगावाटको अपर त्रिशुली १, होङसी शिवम् सिमेन्ट, ह्वासिन सिमेन्ट नारायणी, सम्राट सिमेन्ट र भेन्टर वेष्ट टु इनर्जी जस्ता निर्माणाधिन छन् । यी मध्ये केही परियाेजना निर्माण पूरा हुने क्रममा छन् ।

यी बाहेक अन्य परियाेजना अध्ययनलगायत विभन्न चरणमा रहेकाे लगानी बाेर्ड कार्यालयले जनाएकाे छ ।

ऊर्जा क्षेत्रमा २०० मेगावाटभन्दा ठूला आयोजना र ६ अर्बभन्दा माथिका विदेशी लगानीका आयोजना बोर्डले सहजीकरण गर्ने व्यवस्था छ ।

१० वर्षअघि स्थापना भएको बोर्डको अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ ।

अन्तिम चरणमा रहेकाे ६ परियाेजना यस्ता छन्–

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *