किरण चेम्जोङले चुमे कीर्तिमान

काठमाडौँ ।  कप्तान  तथा गोल रक्षक किरण चेम्जोङ नेपाली राष्ट्रीय टिमबाट  सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा मैदान उत्रेसँगै उनको राष्ट्रिय टिमबाट खेलेको खेल संख्या ७४ पुगेको छ ।  यसअघि किरण र पूर्व कप्तान विराज महर्जनले समान ७३-७३ खेल खेल्दै सर्वाधिक ‘क्याप’को कीर्तिमान राखेका थिए । आइतबार मैदान उत्रेसँगै किरणले कीर्तिमानमा आफ्नाे मात्र नाम खेलाएका हुन् ।

किरणले भारतसँग गएको बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा  विराजको कीर्तिमानको बराबरी गरेका थिए । किरणले राष्ट्रिय टिममा पर्न थालेको १३ वर्ष भयाे ।

यो पनि : कीर्तिमानतर्फ किरण !

किरणले सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा राष्ट्रिय टिमबाट डेब्यू गरेका हुन् । डेब्यू खेलमा नै घाइते भएपछि करिब ९ महिनापछि टिममा फर्किएपनि राष्ट्रिय टिमबाट दोस्रो खेल खेल्न उनले करिब ३ वर्ष पर्खिनुपरेको थियो ।

त्यसयता उनी लगातार राष्ट्रिय टिमको पहिलो रोजाइको गोलरक्षकका रुपमा रहँदै आएका छन् । विराजले सन्यास लिएपछि उनी नेपाली टिमको कप्तानका रुपमा रहेका छन् । उनले बंगलादेश र भारतबाट व्यवसायिक क्लब फुटबल खेल्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *