कीर्तिमानतर्फ किरण !

काठमाडौँ । भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै गर्दा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ कीर्तिमानको संघारमा छन् ।

उनी आजको खेलमा मैदान उत्रँदै गर्दा नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउने पर्खाइमा छन् । सधैँजसो पहिलो रोजाइको गोलकिपरका रुपमा रहेको किरणले आज खेल्ने निश्चितजस्तै भएकाले उनको कीर्तिमान पनि आजै बन्ने निश्चितजस्तै छ ।

आजको खेल खेले किरण राष्ट्रिय टोलीबाट सर्वाधिक ७४ खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् । भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा किरणले ७३औँ खेल खेल्दै पूर्वकप्तान विराज महर्जनसँगै आफ्नो नाम पनि सर्वाधिक खेल खेल्ने नेपाली खेलाडीको रुपमा लेखाएका थिए ।

किरणले सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा राष्ट्रिय टिमबाट डेब्यू गरेका हुन् । डेब्यू खेलमा नै घाइते भएपछि करिब ९ महिनापछि टिममा फर्किएपनि राष्ट्रिय टिमबाट दोस्रो खेल खेल्न उनले करिब ३ वर्ष पर्खिनुपरेको थियो । त्यसयता उनी लगातार राष्ट्रिय टिमको पहिलो रोजाइको गोलरक्षकका रुपमा रहँदै आएका छन् । विराजले सन्यास लिएपछि उनी नेपाली टिमको कप्तानका रुपमा रहेका छन् । उनले बंगलादेश र भारतबाट व्यवसायिक क्लब फुटबल खेल्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *