न्यातपोँल मन्दिरको फ्रान्सेली हुलाक टिकट बिक्रीमा

काठमाडौँ । फ्रान्सले नेपालको न्यातपोँल  (नेपाल भाषामा ङातापोँल) मन्दिरको हुलाक टिकट बनाएको थियो । भक्तपुरमा भूपतिन्द्र मल्लले बनाएको उक्त मन्दिरको सन् १९९१ ताका फ्रान्सको हुलाक टिकटमा समावेश भएको थियो ।

सन् १९९१ को नोभेम्बर २३ मा उक्त हुलाक टिकट फ्रान्सले प्रयोगमा ल्याएको कोल्नेट डटकमले लेखेको छ । अहिले त्यहि टिकट अमेरिकी ई-कमर्स साइट ईबे डटकममा बिक्रीमा राखिएको छ । जसको मूल्य १.२७ डलर (अहिलेको सटही दरमा १४७ रुपैयाँ) राखिएको छ ।

ईबे डटकममा राखिएको टिकट बिक्री भएको छैन भने ईबेको बेलायती आउटलेट इबे डटको डट युकेमा राखिएको चाहिँ दुई महिनाअघि जुन १९ मा नै बिक्री भइसकेको छ ।

फ्रान्स नेपालले दौँत्य सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो । नेपाल र फ्रान्सको औपचारिक सम्बन्ध स्थापना भएको ७२ वर्ष पुगेको छ । दोस्रो विश्वयुद्धपछि सन् १९४९ अप्रिल २० मा नेपाल र फ्रान्सबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

हुन त सन् १८५०-५१ ताका भएको जंगबहादुरको बेलायत र फ्रान्स भ्रमणमै पनि एक खाले सम्बन्ध भएको हो । तर, सन् १९४९ कै सम्बन्धलाई औपचारिक र आधिकारिक मान्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *