जिम्बाब्वेका सिकन्दर राजाले विराटनगरबाट ईपीएल खेल्ने

काठमाडौँ । जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई विराटनगर वारियर्सले अनुबन्ध गरेको हो ।

सोमबार विज्ञप्ति जारी गर्दै विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा राजालाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

राजाले जिम्बाब्वेबाट १७ वटा टेस्ट, १०५ वटा एकदिवसीय र ४२ वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलेका छन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर ईपीएलको एक पटकको विजेता पनि हो ।

६ टीमले सहभागिता जनाउने चौथो ईपीएल क्रिकेट प्रतियोगिता आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =