मेस्सीले डेब्यु गरेको खेलमा पीएसजी विजयी

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । पीएसजीले रेइम्समाथि २-० गोल अन्तरले जित हासिल गरेको हो ।

पीएसजीको जितमा दुवै गोल केलियन एम्बाप्पेले खेलको १६औँ र ६३औँ मिनेटमा गोल गरे । यस खेलमा लियोनेल मेस्सीले पीएसजीका लागि डेब्यु गरेका थिए । मेस्सी खेलको ६६औँ मिनेटमा नेइमारलाई रिप्लेस गर्दै मैदानमा प्रवेश गएका थिए ।

यो जितपछि पीएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरेको छ । पीएसजीको चार खेलमा १२ अंकसहित लिगमा शीर्ष स्थानमा रहेको छ । यसअघि तीन बराबरी खेलेको रेइम्सको भने यो पहिलो हार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =