आर्सनल म्यानचेष्टर सिटीसँग ५-० ले पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आर्सनलमाथि ५-० को जीत हात पारेको छ । शनिबारको खेलमा घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई तथा कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे।

खेलको सातौं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएको खेलको १२ औं मिनेटमा टोरेसले गोल थपे । ३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि  आर्सनल १० खेलाडीमा सिमित हुन पुग्यो ।

४३ औं मिनेटमा जेजुसले गोल गरेसँगै   पहिलो हाफमा ३-० को अग्रता बनाएको सिटीका लागि ५३ औं मिनेटमा रोड्रीले गोल थपे र अग्रता ४-० मा पुर्याए । खेलको ८४ औं मिनेटमा टोरेसले अर्को गोल थप्दै टिमलाई ५-० को फराकिलो जित दिलाए ।

साबिक बिजेतासामु निरिह देखिएको आर्सनलले एक गोल पनि फर्काउन सकेन । जितसँगै सिटीले ३ खेलमा ६ अंक जोडेको छ। सिटी अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। लगातार तेस्रो  हार व्यहोरेको आर्सनल भने तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =