रोनाल्डो म्यान-यू फर्कने पक्का

एजेन्सी ।  क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्वक्लव म्यान्चेष्टर युनाईटेडमा फर्किने भएका छन् । युनाईटेडले उनी क्लबमा फर्कने पक्का भएको जनाएको हो ।

रोनाल्डोले इटालीयन क्लव युभेन्टस छोड्ने तय भएसँगै शुरुमा उनी म्यान्चेष्टर सिटीमा जाने चर्चा चलेको थियो । तर सिटीसँग कुरा नमिलैपछि रोनाल्डो युनाइटेड जाने चर्चा शुरु भएको थियो । अन्ततः उनी ओल्डट्राफोर्ड फर्कनेबारे युभेन्टर र युनाइटेड सहमत बनेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि युनाईटेडबाट २ सय ९२ खेल खेलेका रोनाल्डोले १ सय १८ गोल गरेका थिए । उनी युनाइटेडबाट स्पेनि क्लब रियल मड्रिड गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =