अफगानको हत्या गर्न बन्द गर्नुस् : रासिद खान

काठमाडौँ । अफगानिस्तानका क्रिकेटर रासिद खानले काबुलमा रगत बगिरहेकाले अफगानहरूको हत्या नगर्न आग्रह गरेका छन् ।

पछिल्लो समय तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि देशमा अशान्ति फैलिरहेको भन्दै उनले अफगानहरूको हत्या गर्न बन्द गर्न आग्रह गरेका हुन् ।

बिहीबार साँझ काबुलको हमिद कारजाई विमानस्थलको गेटमा बम विस्फोट भएपछि झनै त्रास फैलिएको छ ।

उक्त विस्फोटपछि क्रिकेटर रासिदले ट्विटरमा लेखेका छन्‚ ‘फेरि काबुलमा रगत बगिरहेको छ । कृपया‚ अफगानको हत्या गर्न बन्द गर्नुस् ।’

काबुलस्थित हमिद कारजाई विमानस्थलमा भएको विस्फोटमा तालिबानले आफ्ना २८ लडाकु मारिएको दाबी गरेको छ भनि अमेरिकी रक्षा मन्त्रालयले उक्त विस्फोटमा १३ जना अमेरिकी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =