दुवै डोज खोप लगाएकी गौरिकालाई कोभिड संक्रमण
२०७८ भदौ ९ गते

काठमाडौं । ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । पौडीबाज गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन् ।
कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन् । ‘मैले दुवै डोज खोप लिएकी थिएँ र कुनै लक्षण थिएन । तर, पनि मलाई हालै कोरोना संक्रमण भएको पुष्टि भएको छ । म अहिले सरकारी मापदण्ड अनुसार १० दिनका लागि आइसोलेसनमा छु,’ उनले भनेकी छन् ।
गौरिकाले टोक्यो ओलम्पिकमा महिला १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
२०७८ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








