स्टार खेलाडी समेट्दै अस्ट्रेलियाको टी-२० विश्वकप टीम घोषणा

काठमाडाैँ । अस्ट्रेलियाले ट्वेन्टी ट्वेन्टी विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । टिममा चर्चित खेलाडीको बाहुल्यता रहँदा विकेटकिपर ब्याट्सम्यान जोस इंग्लिसले पहिलो पटक टीममा मौका पाएका छन् ।

एकदिवसीय विश्वकपमा सफल रहे पनि अस्ट्रेलिया टी-२० विश्वकपमा भने उपाधिविहीन रहँदै आएको छ । पछिल्लो पटक लगातार टी-२० प्रतियोगितामा पराजित भएपछि टीमले विश्वकपका लागि टीममा व्यापक परिवर्तन गरेको छ । विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा रहेको अस्ट्रेलियाको कप्तानी आरोन फिन्चले गर्नेछन् । जहाँ स्टार खेलाडीहरू स्टिभ स्मिथ,  डेभिड वार्नर, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले पुनरागमन गरेका छन् ।

बंगलादेशसँग लगातार पाँचौं टी-२० अन्तर्राष्ट्रिय शृंखला हारेपछि अस्ट्रेलियाले विश्वकपका लागि स्टार खेलाडीलाई टीममा बोलाएको हो ।

१७ अक्टोबरबाट सुरु हुने विश्वकपमा अस्ट्रेलियाले इंग्ल्यान्ड,  दक्षिण अफ्रीका र वेस्टइन्डिजसँग समुह १ मा रहेर प्रतिस्पर्धा गर्नेछ । जहाँ, पहिलो चरणपछि थप दुई टिम समूहमा जोडिनेछन् । पहिलो खेलमा अस्ट्रेलिया २३ अक्टोबरमा दक्षिण अफ्रीकासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि न्यूजिल्यान्डले पनि टी-२० विश्वकपको लागि टोलिको घोषणा गरिसकेको छ ।

अस्ट्रेलियाली टीम
आरोन फिन्च (कप्तान),  एस्टन एगर,  प्याट कमिन्स,  जोस हेजलवुड,  जोश इंगलिस,  मिचेल मार्श,  ग्लेन म्याक्सवेल,  केन रिचर्डसन,  स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस,  मिचेल स्वेपसन,  म्याथु वेड,  डेभिड वार्नर, एडम जाम्पा रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा  नाथन इलियास,  ड्यान क्रिस्चियन र ड्यानियल स्याम्सन रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =