महिला एसियाकप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टीमले एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्ससँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार समूह एफमा रहेको नेपालले १८ सेप्टेम्बरमा फिलिपिन्ससँगको खेलबाट आफ्नो यात्रा सुरू गर्नेछ ।

नेपालले दोस्रो खेलमा २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ । छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहने टीमले आगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्नेछ । एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरीसम्म हुनेछ ।

प्रतियोगिताको तयारीका लागि नेपालका २८ खेलाडी अहिले मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको बन्द प्रशिक्षणमा छन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिमा चौधरी, हिरा भुजेल, इन्द्र राई, मनिषा राउत, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, शर्मिला थापा, सिर्जना सिंह ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =