टोक्यो ओलम्पिक : अमेरिकाले उछिन्यो

काठमाडौँ । टोक्यो ओलम्पिकको पदक तालिकामा अमेरिकाले चीनलाई पछि पारेको छ । १६ दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन स्वर्ण जित्दै अमेरिका शीर्ष स्थानमा पुगेको हो । अमेरिका पदक तालिकामा च्याम्पियन बन्यो ।

प्रतियोगिताको पाँचौंदेखि १५ औँ दिनसम्म चीन तालिकाको शीर्ष स्थानमा थियो । शुरुका चार दिन जापान शीर्ष स्थानमा रहेको थियो । अन्तिम दिन आइपुग्दा जापान तेस्रो स्थानमा छ ।

अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कांस्य गरी एक सय १२ पदक जितेको छ ।

यस्तै, दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कांस्यका साथ ८८ पदक जितेको छ । तेस्रो स्थानको जापानले २७ स्वर्ण, १४ रजत र १७ कांस्यका साथ ५८ पदक हात पारेको छ ।

यस्तै बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कांस्यका साथ ६५ पदक जित्दै चौथो भएको छ ।

यो ओलम्पिकमा ६५ देशले स्वर्ण पदक जिते भने ९३ देशले कुनै न कुनै पदक जितेका छन् । ओलम्पिकको समापन आज हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =