सिटीलाई हराउँदै लेस्टरले जित्यो कम्युनिटी शिल्ड

काठमाडाैँ । लेस्टर सिटीले प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बली मैदानमा भएको फाइनलमा लेस्टरले पेनाल्टी मार्फत गरेको एकमात्र गोल निर्णायक भयो ।

लेस्टरले ५० वर्षपछि दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जित्न सफल भयो । यसअघि सन् १९७१ मा कम्युनिटी शिल्डको उपाधि जितेको थियो । लेस्टरका लागि केलेची ईहनाचोले पेनाल्टी मार्फत टीमको जित पक्का गरे ।

इहनाचोले खेलको ८९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा ईहनाचोमाथि फल गरेपछि भिएआरको सहायतामा लेस्टरले पेनाल्टी पाएको थियो ।

सिटीले भने ६ पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्ड फाईनलमा प्रतिस्पर्धा गर्ने गरेका छन् ।

यहि फाइनल मार्फत कीर्तिमानी मुल्यमा सिटी पुगेका ज्याक ग्रिलिसले पनि यो खेलमार्फत सिटीका लागि डेब्यु गरे । ग्रिस खेलको ६५ औं मिनेटमा सामुएलको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 11 =