राखेपद्वारा लाखेको संयोजकत्वमा समिति गठन
२०७८ साउन १९ गते

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले वर्तमान अवस्थामा फुटबल संघभित्र भएको विवाद सामधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय विवाद समाधान छानबिन समिति गठन गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको मंगलबार बसेको बैठकको निर्णयअनुसार समितिको सचिवमा संघ-संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् । समितिको सदस्यहरूमा परिषद्का सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रवदना राई, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य रहेका छन् ।
परिषद्को निमित्त सदस्य सचिव एकेन्द्र कुवँरले नवगठित समितिलाई ७ दिनभित्र सत्य तथ्य छानबिन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिएका छन् ।
२०७८ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित








