हरिवंश भन्छन्- पारसको योगदान देशले सम्झिनेछ
मकालु खबर
२०७८ साउन १९ गते
काठमाडौँ । क्रिकेटर पारस खड्काको सन्न्यासको खबर चर्चामा छ । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका हुन् ।
उनको यो निर्णयसँगै वरिष्ठ कलाकार हरिवंश आचार्य केही दुखी भएका छन् । उनले सामाजिक संजाल फेसबुकमा पारससहितको आफ्नो तस्बिर सार्वजनिक गर्दै क्रिकेटमा पारसले दिएको योगदान सबैले सम्झिने बताएका छन् । त्यस्तै आउने दिनमा नेपाली क्रिकेटको स्थिति सुधार्न पारसको महत्त्वपूर्ण योगदान रहने पनि उनले उल्लेख गरेका छन् ।
हेरौँ उनको पोस्ट :
पारस खड्का भाइले सन्न्यासको घोषणा गर्नुभएको छ । तपाईँले नेपाली क्रिकेटलाई दिनुभएको योगदान देशले सधैँ सम्झिनेछ र आउने दिनहरूमा पनि तपाईँको भूमिकामा नेपाली क्रिकेटका लागि आवश्यक रहनेछ ।
मकालु खबर
२०७८ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित