हरिवंश भन्छन्- पारसको योगदान देशले सम्झिनेछ

काठमाडौँ  । क्रिकेटर पारस खड्काको सन्न्यासको खबर चर्चामा छ । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका हुन् ।

उनको यो निर्णयसँगै वरिष्ठ कलाकार हरिवंश आचार्य केही दुखी भएका छन् । उनले सामाजिक संजाल फेसबुकमा पारससहितको आफ्नो तस्बिर सार्वजनिक गर्दै क्रिकेटमा पारसले दिएको योगदान सबैले सम्झिने बताएका छन् । त्यस्तै आउने दिनमा नेपाली क्रिकेटको स्थिति सुधार्न पारसको महत्त्वपूर्ण योगदान रहने पनि उनले उल्लेख गरेका छन् ।

हेरौँ उनको पोस्ट :

पारस खड्का भाइले सन्न्यासको घोषणा गर्नुभएको छ । तपाईँले नेपाली क्रिकेटलाई दिनुभएको योगदान देशले  सधैँ सम्झिनेछ र  आउने दिनहरूमा पनि तपाईँको  भूमिकामा नेपाली क्रिकेटका लागि  आवश्यक रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *