आईपीएलका बाँकी खेल सेप्टेम्बर १९ देखि हुने निश्चित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल आउँदो सेप्टेम्बर-१९ बाट युएइमा हुने निश्चित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले रोकिएको आईपीएलको नयाँ मिति तय गरेको हो । १९ सेप्टेम्बरमा हुने खेलमा मुम्बई र चेन्नई खेल्नेछन् ।

प्रतियोगिताको क्वालिफायर-१ अक्टोबर १० मा तथा एलिमिनेटर अक्टोबर ११ मा हुनेछ । त्यस्तै क्वालिफायर-२ अक्टोबर १३ मा र प्रतियोगिताको फाइनल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ । आईपीएलपछि बिसीसीआईले यूएई र ओमानमानै टी-२० विश्वकपको आयोजना समेत गर्नेछ । यसको आधिकारिक मिति भने चाँडै घोषणा गरिने जनाइएको छ ।

आईपीएल २०२१ अप्रिल ९ बाट शुरु भएको थियो । प्रतियोगिता चलिरहेकै बेला सनराइजर्स हैदराबादका ऋद्धिमन साह, दिल्ली क्यापिटल्सका अमित मिश्रा, कोलकाता नाइट राइडर्सका सन्दीप वारियर र वरूण चक्रवर्ती, चेन्नईका लक्ष्मीपति बालाजी र ब्याटिङ कोच माइकल हसी लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि २९ खेलपछि मे ४ बाट प्रतियोगिता स्थगित गरिएको थियो ।

अब लिगमा ३१ खेल बाँकी छन् । अप्रिल र मेमा भारतमा कोरोना महामारी तीव्र भएपछि सबै खाले खेलकुद गतिविधि बन्द गरिएको थियो ।

यद्यपि आईपीएलको दोस्रो फेजमा विदेशी खेलाडीको उपस्थिति भने संशयमा छ । धेरै देशमा खेलाडी रिलिजको सम्भावना कमजोर रहेको छ ।

योबीचमा इंग्ल्यान्ड तथा अन्य देशले धेरै सिरिजहरु खेल्ने कार्यतालिका भएका कारण पनि सबै टीमका खेलाडी आईपीएलमा उपस्थित हुने सम्भाभावना कम छ ।

लिगको अहिलेसम्मको अंक तालिकामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ । त्यस्तै चेन्नई दोस्रो, बैंगलोर तेस्रो र मुम्बई तालिकाको चौथो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *