अस्ट्रेलियामाथि वेस्टइन्डिजको ४ विकेटको जित

काठमाडाैँ । अस्ट्रेलिया र वेस्टइन्डिजबिच जारी तीन खेलको एकदिवसीय सिरीजको दोस्रो खेलमा वेस्टइन्डिजले ४ विकेटको जित निकालेको छ । नेपाली समय अनुसार आइतबार बिहान सम्मपन्न खेलमा जितसँगै वेस्टइन्डिजले सिरीज १-१ को बराबरीमा पुर्‍याएको छ । अन्तिम सिरिज २७ जुलाईमा हुने छ ।

आइतबार बृगटाउनमा भएको खेलमा वेस्टइन्डिजको जितमा निकोलस पुरन र ज्यासन होल्डरले उत्कृष्ट प्रदर्शन गरेका थिए । टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले १८७ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिजले ७२ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

वेस्टइन्डिजका लागि ओपनर साहि होपले ३८ रन बनाउँदा निकोलस पुरानले ५९ रनको अविजित अर्धशतकीय इनिङ खेले । उनले ७५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरेका थि ए। त्यस्तै जसोन होल्डरले पनि ५२ रनको योगदान दिए । उनले आफ्नो इनिङमा ५ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले खराव सुरुवातका बाबजुत पछिल्लो क्रम समालिंदा मध्यम लक्ष्य तयार गर्न सकेको थियो । उसका लागि १०औँ नम्बरमा ब्याटिङका लागि आएका वेव अगरले सर्वाधिक ४१ रन बनाएका थिए। ३६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै म्याथ्यु वेड र अडाम जम्पाले समान ३६ रन बनाए। ४५ रन बनाउँदा ६ विकेट गुमाएको अस्ट्रेलिया त्यसपछि विस्तारै समालिएको थियो । उसका मिचेल स्टर्क र म्याथ्यु वेडले साझेदारी गर्दा अस्ट्रेलियाले ४७.१ ओभरमा १८७ रनमा अलआउट भयो । वेस्टइन्डिजका लागि अलजारी जोसेफ र अकेल होसिनले समान ३-३ विके६ लिएका थिए ।

यसअघि अस्ट्रेलियाले पहिलो एकदिवसीय खेलमा वेस्टइन्डिजमाथि १३३ रनको जित निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *