संक्रमण नघटेपछि एक हप्तादेखि गाउँ नै सिल

बैतडी । कोरोना संक्रमण नघटेपछि बैतडीको एक गाउँ एक हप्तादेखि सिल गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका- ७ को चडेपानी गाउँलाई थप एक हप्ताका लागि सिल गरिएको हो ।

सोमबार गाउँपालिकाले सूचना जारी गर्दै एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आगामी साउन ३ गतेसम्मका लागि चडेपानीलाई सिल गरिने जनाएको हो । यसअघि असार २० गतेदेखि असार २७ गतेसम्मका लागि सो गाउँलाई सिल गरिएको थियो ।

गाउँमा संक्रमितको संख्या नघटेकाले आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

गएको असार २० गतेदेखि गाउँमा आवतजावत बन्द गरिएको छ । गाउँमा कोरोना परीक्षणको दायरासमेत बढाइएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =