विज्ञापन बोर्डलाई कार्यकर्ता भर्ति केन्द्र बनाइएकोप्रति आपत्ति

काठमाडौँ । नेपाल विज्ञापन संघ (आन)ले सरकारले विज्ञापन बोर्ड गठनलाई कार्यकर्ता भर्ति केन्द्र बनाएको भन्दै आपत्ति जनाएको छ ।
संघका अध्यक्ष सोमप्रसाद धितालले विज्ञप्ति जारी गर्दै बोर्डको गठन तथा पुर्नगठन हुँदा समेत विज्ञापन व्यवसायका विज्ञ व्यक्तित्वहरुलाई स्थान दिनुको सट्टा संघको संस्थागत प्रतिनिधित्वलाई समेत अस्वीकार गर्दै सरकारद्वारा कार्यकर्ता भर्ति केन्द्र बनाउन खोजिएको प्रष्ट भएको बताएका छन् ।
‘विज्ञापन क्षेत्रको मर्म र औचित्य बुझेका विज्ञहरुको सहभागिता हुनुपर्नेमा अन्य क्षेत्रको प्रतिनिधित्वले यस विज्ञापन क्षेत्रलाई अस्तव्यस्त बनाउने मात्र होईन क्रमश अधोगती तिर लैजाने भएकाले संघले घोर आपत्ति प्रकट गर्दछ । अमुक सञ्चार माध्यमहरुका संचालकहरुको प्रतिनिधित्वले आम विज्ञापन व्यवसायको प्रतिनिधित्व हुन्छ भन्ने सरकारको बुझाई गलत छ । विज्ञापन व्यवसायको बहु आयामीक बिशेषता हुने भएको हुँदा यस क्षेत्रको बोर्डमा सहभागिता हुनु अनिवार्य हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।










