बाढीपीडित राहत उद्धार कार्यमा जुट्दा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह

काठमाडौं । बाढी पिडितको उद्धार राहत आदि कार्यमा जुट्दा कोभिड-१९ विरुद्धको जनस्वास्थ्यका मापदण्ड ख्याल गरी पालना गर्न गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो विषम परिस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते, सङ्क्रमित तथा प्रभावितहरु उपचारका लागि आवश्यक सम्पुर्ण प्रबन्ध मिलाउने कार्य गरिरहेको जनाएको छ ।

मन्त्रालयले बाढी पहिरोको जोखिम सँगसँगै कोभिड-१९ को सङ्क्रमण पानीजन्य रोगहरु, सरसफाईसम्बन्धी जनस्वास्थयका समस्याहरू बढ्न सक्ने भन्दै सबैमा सचेत हुन पनि आग्रह गरेको छ ।

राहत कार्यमा जुट्दा सफा पानीको प्रबन्ध मिलाउन उपयुक्त गाँसबासको प्रबन्धसँगै सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायमा पनि ध्यान दिन आग्रह गरेको छ ।

स्वास्थ्य सुरक्षाको लागि आवश्यक औषधी उपकरणहरू स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्थानीय जिल्ला कार्यलयहरू, प्रदेशका सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन केन्द्रहरुले समन्वयको व्यवस्था गरिरहेको मनत्रलयले जनाएको छ ।

यस परिस्थितीमा सरकार आफ्ना सबै संयन्त्रहरू परिचालन गरी क्षतीको न्यूनीकरण गर्न, धनजनको रक्षा गर्न कार्यमा युद्धस्तरबाट जुटिरहेको जनाएको छ ।

साथै यस विषम परिस्थितीमा सबै व्यक्ति सघंसस्थाहरुले गरेको सहकार्यप्रति मन्त्रालयले आभार व्यक्त गरेको छ । वर्षायाम शुरु भएसँगै देशका विभिन्न स्थान सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा र डोटीलगायतका विभिन्न जिल्लामा भएको क्षति तथा निधनप्रति मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =