एनआरएन नागरिकता र ब्रिटिश गोर्खा मुद्दाबारे सरकारकाे ध्यानाकर्षण

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता र भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधानका लागि नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराइएको छ ।

गैर आवासीय नेपाली संघका सल्लाहकार एवम् पूर्वउपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता अध्यादेशमा गैरआवासीय नागरिकताको विषय नसमेटिएको र भूतपूर्व गोरखा सैनिकहरुको समस्या साधानका लागि नेपाल सरकारले धारणा सार्वजनिक नगरेको भन्दै उपप्रधान तथा परराष्ट्रन्त्री महासेठको ध्यानाकर्षण गराएका हुन् ।

संसदमा लामो समयदेखि छलफलमा रहेको नागरिकता विधेयकमा गैर आवासीय नेपाली नागरिकताको विषय पनि समावेश थियो । तर, सरकारले जारी गरेको अध्यादेशमा भने गैरआवासीय नेपाली नागरिकताको विषय समावेश गरिएको छैन ।

त्यस्तै, बेलायतमा लामो समयदेखि चल्दै आएको भूतपूर्व गोर्खा सैनिकहरुको आन्दोलन र समस्याका बारेमा आचार्यले उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराएका छन् ।

भूतपूर्व गोर्खा संघ संस्थाहरुले लेखेको संयुक्त पत्रको ब्रिटिश सरकारले लिखित जवाफ दिएको तर नेपाल सरकारबाट अहिलेसम्म कुनै जवाफ नआएको बारे पनि महासेठको ध्यानाकर्षण गराएको आचार्यले बताएका छन् ।

‘भूतपूर्व ब्रिटिश गोर्खासँग सम्बन्धित विभिन्न पाँच वटा संस्थाहरुको साथमा गैर आवासीय नेपाली संघ, बेलायतको गोर्खा विभागले गत अप्रिल पहिलो साता यसअघि नै तयार पारिएको तेह्र बुँदे प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै बेलायत र नेपालका प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =