संविधानविद् तथा कानुनविद्सँग छलफल गर्दै सभामुख

काठमाडौं । पछिल्लाे राजनीतिक अवस्थाबारे सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गर्दैछन् । सभामुख सापकोटाले बिहीबार दिउँसो १ बजे संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गर्न लागेका हुन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते गरेको दोस्रो प्रतिनिधि सभा विघटनबारे छलफल तथा परामर्श गर्नेछन् ।

गत वर्षको पुस ५ गते पहिलो पटक विघटन गरेका प्रधानमन्त्री ओलीले गत जेठ ८ गते पुनः प्रतिनिधि विघटन गरेका छन् । यसपछि विपक्षी दलहरु एकपट्टि उभिएका छन् भने पूर्वप्रधानन्यायाधीशदेखि कानुनवेत्ता, सरोकारवालाहरुले यसको संरक्षणार्थ आवाज उठाउँदै आएका छन् ।

विघटनविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (बाबुराम भट्टराई—उपेन्द्र यादव), विपक्षी एमाले, राष्ट्रिय जनमोर्चालगायतका दल सर्वोच्च अदालत पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *