करणीको अभियोगमा एक पक्राउ

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भिमबहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =