‘प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्छ’
२०७८ वैशाख ९ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरोधी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
‘सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकारी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्छ,’ अध्यक्ष प्रचण्डले बिहीवार लेनिनजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसलाई पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधीहरु एकै ठाउँ उभिनुपर्छ ।’
कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसंगतिलाई संघर्षको माध्यमबाट किनारा लगाउने गरेको तथा नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको अध्यक्ष प्रचण्डले बताए ।
२०७८ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित








