अमेरिकन आइडलमा पुन: देखिँदै दिवेश
मकालु खबर
२०७८ वैशाख ६ गते
एजेन्सी । गायक दिवेश पोखरेल (अर्थर गन) पुनः अमेरिकन आइडलमा भाग लिने भएका छन् । अप्रिल १९ मा प्रसारण हुने आइडलमा उनले स्टेजबाट प्रतिस्पर्धा गर्ने भएका हुन् ।
कोरोनाका कारण यसअघि दिवेशलगायत अन्य प्रतिस्पर्धीले घरबाट नै आफ्नो प्रस्तुति दिँदै आएका थिए । दिवेश १८ औँ सिजनको प्रतियोगितामा उप-विजेता बनेका थिए ।
यसपटक विजेता बन्ने तयारीका साथ उनी अमेरिकन आइडलको अर्को सिजनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
मकालु खबर
२०७८ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित