प्रकाश सायमीलाई ‘चलचित्र निर्देशक सर्जक सम्मान’

काठमाडौँ । चलचित्र निर्देशक, साहित्यकार तथा रेडियोकर्मी प्रकाश सायमीले आफ्नो करियरमै पहिलो पटक सम्मान ग्रहण गर्ने भएका छन् । २०५० सालमै कुनै पनि व्यापारिक घरानाका नाम जोडिएका सम्मान तथा पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका चलचित्रकर्मी सायमीले उक्त घोषणाको २७ वर्षपछि पहिलो पटक चलचित्र क्षेत्रले दिन लागेको सम्मान ग्रहण गर्न लागेका हुन् ।
निर्देशक सायमीलाई ‘चलचित्र निर्देशक सर्जक सम्मान’ बाट सम्मानित गरिँदै छ ।

नेपाल चलचित्र निर्देशक समाजले आगामी चैत २२ गते आइतबार काठमाडौँमा आयोजना गर्न लागेको १३ औँ साधारण सभा तथा सम्मान समारोहमा चलचित्र क्षेत्रका पाँच वरिष्ठ निर्देशकहरू सम्मानित हुँदै छन् । निर्देशक सायमी सम्मानित हुने पाँच निर्देशकहरू मध्येका एक हुन् ।

समारोहमा चलचित्र ‘आदर्श नारी’ का निर्देशक हेमबहादुर लामालाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिँदै छ छ ।
सायमीले पृथ्वी, सिमाना, अवतार, रानी खोला, जमिन, हतियार आदि नेपाली चलचित्रहरू निर्देशक गरिसकेका छन् । पछिल्लो समय उनी उज्यालो ९० नेटवर्कमा साङ्गीतिक कार्यक्रम ‘अजर अमर गीतहरू’ सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया