बुद्ध थिएटर फेस्टिभलमा ‘मालिनी’ मञ्चन
२०७७ चैत १२ गते

काठमाडौँ । झोराहाट नाट्य समूहले बुधवार जमलस्थित राष्ट्रिय नाचघरमा ‘मालिनी’ नाटक मञ्चन गरेको छ । बुद्ध थिएटर फेस्टिभलको चौथो दिन बङ्गाली कवि रवीन्द्रनाथ टैगोरको कथामा आधारित नाटक ‘मालिनी’ मञ्चन गरिएको हो ।
एक घण्टा लामो यो नाटकलाई सुदीपजंग कार्कीले निर्देशन गरेका हुन् । नाटकको अनुवाद नेचुरल्ली दीपकले गरेका छन् । नाटकमा भरत गुरागाईँ बर्बरिक, प्रज्जवल काफ्ले, गोमा पौडेल, सुरज माझी, प्रदीप सरदार लगायत कलाकारको अभिनय रहेको छ ।
भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रङ्गमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा प्रारम्भ भएको बुद्ध थिएटर फेस्टिभल शनिबारसम्म चल्नेछ ।
फेस्टिभलमा बिहीबार हङकङबाट सहभागी भएको नाटक ‘सिद्धार्थ इन हङकङ’ मञ्चन गरिंदैछ ।
२०७७ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित








