समानान्तर कमिटी बनाउने तयारीमा खनाल-नेपाल समूह
२०७७ फागुन २९ गते

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय निर्णयपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने नेता रावलले बताए । उनका अनुसार ओली पक्षीय बैठकले गरेका निर्णयहरुमा असहमति जनाउँदै पार्टीका विभिन्न कमिटीमा मनोनीतको कामसमेत बैठकले गर्न सक्नेछ ।
यसअघि शुक्रबार साँझ बसेको खनाल-नेपाल समूहले स्थायी कमिटिले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको थियो । रावलले स्पष्ट नभने पनि ने खनाल-नेपालले ओलीविरुद्ध देशभरी समानान्तर कमिटीकाे अभ्यास गर्ने तयारी गरेको छ ।
२०७७ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








