‘आदिपुरुष’ मा कृति र सन्नी अनुबन्धित

काठमाडौँ । चलचित्र ‘आदिपुरुष’ मा कृति सेनन र सन्नी सिंह जोडिएका छन् । भारतीय चलचित्रमा सन्नीले लक्ष्मण र कृतिले सिताको भूमिका निवार्ह गर्ने बताइएको छ ।

ओम राउतको निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा प्रभास र सैफ अलि खान यसअघि नै फाइनल भैसकेका थिए । केही साता अघिबाट छायाङ्कन सुरु भएको चलचित्रको सेटमा आगलागी भएसँगै रोकिएको थियो ।

टिसिरिजको ब्यानरमा निर्माण हुने चलचित्रको छायाङ्कन अप्रिलबाट पुनः सुरु हुँदै छ । भूषण कुमारको लगानी रहने चलचित्र हिन्दी, तामिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा प्रदर्शन हुदैछ ।

प्रतिक्रिया