‘प्रधानमन्त्री हुँदाभन्दा सडकमा बस्दा खुशी छु’

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अहिले जनताको साथमा सडकमा बस्दा खुशी लागेको बताएका छन् ।   आफू प्रधानमन्त्री हुँदाभन्दा जनतासँग जोडिएर सडकमा बस्न पाउँदा खुशी लागेको बताएका प्रचण्डले भनेका छन्, ‘म प्रधानमन्त्री हुँदाभन्दा अहिले सडकमा बस्दा खुशी छु ।’

बिहीबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘फेरि जनतासँग जोडिन पाइयो । हामी खुशी हुने नै समाजवादको लागि लड्दा हो । संविधानको रक्षाको निम्ति लड्दा हो ।’

यस्तै प्रचण्डले अहिले आफू संविधानको रक्षाका निम्ति सडकमा आएको बताएका छन् । ‘संविधानको रक्षाका लागि म पनि सडकमा छु’, प्रचण्डले भनेका छन्, ‘परिहाल्यो भने जस्तोसुकै मुल्य चुकाउनु पनि पछि पर्दिनँ ।’

प्रतिक्रिया