विजयको ‘मास्टर’को ट्रेलर सार्वजनिक

एजेन्सी । साउथ सुपरस्टार थलापथी विजयको चलचित्र ‘मास्टर’ को ट्रेलर सार्वजनिक भएको छ ।

लोकेश कनगराजको कथा तथा निर्देशन रहेको चलचित्रमा विजयसँगै विजय सेथुपथी, माल्भिका मोहनन्, एन्डे्र जेरेमिह, शान्थानु भाग्यराज, नसरलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । निर्माता जेभिएर ब्रिट्टोको लगानीमा बनेको चलचित्रका सह निर्माता ललित कुमार हुन् ।

कोरोनाको मापदण्ड अपनाएर उक्त चलचित्रलाई तामिलनाडु सरकारले शत प्रतिशत अकुपेन्सी सहित रिलिज गर्न अनुमति दिएको छ । यो चलचित्रको हिन्दीमा नाम विजय द मास्टर राखिएको छ । तामिलमा जनावरी १३ र हिन्दीमा १४ जनावरीदेखि हलमा उक्त चलचित्र रिलिज हुने भएकाे छ ।

प्रतिक्रिया