मनोज गजुरेल सिकिस्त हुँदा पूर्वपत्नीको भावूक स्टाटस ‘तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु’

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल यतिबेला अस्पतालको आइसियूमा रहेर कोरोना भाइरससँग लडिरहेका छन् ।
फोक्सोमा समस्या आएपछि आइसियूमा रहेर उपचार गराईरहेका कलाकार गजुरेललाई देश विदेशबाट स्वास्थ्य लाभको कामना गरिरहँदा उनकी पूर्वश्रीमती मीना ढकालले पनि भावूक हुँदै स्वास्थ्य लाभको कामना गरेकी छन् ।

आफ्नो फेसवुक पेजमा भावूक स्टाटस लेख्दै मीना ढकालले मनोज गजुरेलको स्वास्थ्य लाभको कामना गरेकी छन् । ‘मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ ।’ पूर्वपत्नी मीनाले भनेकी छन् ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । भन्दै मीनाले भावूक स्टाटस लेखेकी छन् । उनले अगाडी लेखेकी छन्–‘आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ ।’ मीनाको स्टाटस पढ्दा मनोज गजुरेलप्रति उनको प्रेम अझै छ भन्ने प्रष्टिन्छ ।

दुई बर्षअघि मनोजबाट घरेलु हिंसाको शिकार भएको भन्दै मीनाले डिभोर्स मागेकी थिइन् । २० बर्ष सँगै बिताएका उनीहरुबाट २ छोराछोरी छन् । जसमा छोरा मनोजसँग र छोरी मीनासँग छन् ।

शारीरिक र कानुनी रुपमा अलग भएपनि मीना मनोजको बोलचाल हुने गरेको छ । ब्यवहारिक बेमेल भएपनि मनोज आफ्नो जिवनमा महत्वपूर्ण भएको समेत बताएकी छन् ।

हेर्नुहाेस मीना ढकालकाे स्टाटस

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिन्दुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन सँग मेरा दुइ सन्तान पनि जोडिएका छन । तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन ।।। तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ –हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !

–उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी

प्रतिक्रिया