युरोपा लिग फुटबलमा टोटेनहमको हार

काठमाडौँ । युरोपा लिगको समुह चरणको खेलमा टोटनह्याम पराजित भएको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई बेल्जियमको क्लब रोयल अन्टवेर्पले १-० गोल अन्तरले पराजित गरेको हो ।

अन्टवेर्पको जितमा खेलको २९औ मिनेटमा लिओर रेफालेभले गोल गरेका थिए । योसहित टोटनह्यामले बेल्जियम क्लबसँग खेलेको पछिल्लो ६ खेलमा जित हासिल गर्न सकेको छैन । ६ खेलमा ४ पटक हारेको छ भने २ खेल बराबरीमा रोकिएका छन् ।

यो जितपछि अन्टवेर्प समुह जे मा २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ भने पराजित टोटनहम तीन अंकसहित दोस्रो स्थानमा छ । टोटनहमले समूहको पहिलो खेलमा जित निकालेको थियो । टोटनह्यामको २ खेलमा ३ अंक रहेको छ ।

यसै समूहको अर्को खेलमा लास्कले लुडोगोरेट्सलाई पराजित गर्दै पहिलो जित निकालेको छ । घरेलु मैदानमा दस खेलाडीमा समेटिएको लास्कले लुडोगोरेट्सलाई ४३ ले पराजित गर्दै समूहमा पहिलो जित निकालेको हो ।

प्रतिक्रिया