पशुपतिको जलहरीकाे सुन हिनामिना मुद्दामा सबैलाई सफाइ

विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा सहित तिनै जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई मंगलबार सफाइ दिएको हो ।

पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको १४ असोजमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

जलहरी राख्ने क्रममा करिव डेढ किलो सुन हिनामिना भएको दावी अख्तियारको थियो । उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो।

तर अख्तियारको दाबी नपुग्ने ठहर गर्दै विशेष अदालतले सफाइ दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *