पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमको उपकुलपतिमा प्रा डा ध्रुवकुमार गौतम र पूर्वाञ्चलको उपकुलपति पदमा प्रा डा विजुकुमार थपलियालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा प्राज्ञिक प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने घोषणा गरेका थिए।

प्रा डा गौतम र प्रा डा थपलियालाई पनि प्रतिस्पर्धामार्फत छनोट गरी उपकुलपति नियुक्त गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *