चितवनको कारागारबाट ५७ कैदीबन्दी सारियो

जिल्ला कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ५७ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ ।

वैशाख ११ गतेदेखि १३ गतेसम्म चार जिल्लामा रहेका विभिन्न कारागारमा उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार ३० जना भीमफेदी कारागार कार्यालय मकवानपुर, १० जना वीरगञ्ज कारागार, नौ जना नवलपरासी ९बर्दघाट(सुस्ता पश्चिम०, आठ जनालाई सर्लाहीमा स्थानान्तरण गरिएको छ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको उनले बताए।

अहिले कारागार कार्यालय चितवनमा सात सय ३० जना कैदीबन्दी छन्। दुई सय ५५ जना पुरुष कैदीबन्दीको क्षमता रहेको बन्दीगृहमा अहिले छ सय ९० जना र २५ जना क्षमता रहेको महिला बन्दीगृहमा ३९ जना छन्।

उनीहरुसँग आश्रित चार जना बालबालिका छन् ।

“बढ्दो गर्मी र कैदीबन्दीको चापका कारण सरुवा रोगको समस्या हुने भएकाले उनीहरुलाई स्थानान्तरण गरिएको हो”, प्रमुख आचार्यले भने।

यस कारगारमा छिमेकी जिल्ला नवलपरासी ९बर्दघाट(सुस्ता पूर्व०बाट समेत कैदीबन्दी आउने हुँदा चाप बढ्ने गरेको उहाँको भनाइ छ। उनका अनुसार यस आर्थिक वर्षमा पटक–पटक गरी एक सय चार कैदीबन्दी स्थानान्तरण गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *