‘सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्ने चिन्ता छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार मस्त निन्द्रामा रहेको टिप्पणी गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहँदा उनकाे माग सम्बाेधनमा चासाे नदेखाएकाे आरोप लगाउँदै सरकार मस्त निन्द्रामा रहेकाे टिप्पणी गरेका हुन् ।

नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको । चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने ।’

उनले डा. केसीकाे जीवनरक्षाका लागि सरकारलाई आह्वान गर्न नागरिकलाई आग्रह समेत गरेका छन् । ‘नागरिकतहबाट जहाँ छौँ त्यहीँबाट भनौँ-डा.केसीको जीवन रक्षा गर ! सहमतिको पालना गर !’, सांसद थापाले लेखेका छन्।

प्रतिक्रिया