आफूलाई पर्दा कस्तो-कस्तो अरुलाई पर्दा सस्तो ?

नियतिको चाहना भनौं या यहाँको बलियो ग्रहदशा, सधै नै नेपाली कांग्रेस पार्टीबाट विभिन्न अवसर पाउदै मन्त्री समेत हुनुभयो । गिरिजाप्रसाद कोइरालाको किचन क्याबिनेट सदस्यका रुपमा पनि यहाँको पहिचान बनेकै हो ।

बिडम्बना जबसम्म सत्ता र शक्तिको रमझममा रहिरहनु भयो, यहाँले कहिलेपनि आफ्नो शक्तिशाली नेता गिरिजाप्रसाद कोइरालालाई पार्टी डिक्टेट गरेर होइन, लोकतान्त्रिक बिधि बिधानबाट चल्नु पर्छ भनेर सचेत गराएको देखिएन । के थाहा यहाँले त्यतिखेर पहल गरेको भए सम्भव हुन्थ्यो कि गिरिजाप्रसाद कोइरालाले मुड बनाउनु हुन्थ्यो कि ?

नरहरि आचार्य दाइलाई बिधान परिमार्जनको जिम्मा दिएको पनि हो तर, दुर्भाग्य महासमितिलाई शक्तिशाली बनाउनु भन्दा केन्द्रीय समितिकै बहुमत लाद्ने परम्पराको निरन्तरताविरुद्ध यहाँले पहलकदमी लिएको कुनै प्रमाण भेटिदैन । रह्यो कुरा बर्तमानको जहाँ यसको जिकिर गर्ने सन्दर्भमा सबैभन्दा अग्रपंक्तिमा म नै छु होला जो बिधान बलात्कार भएको कुरा खुले आम गरिरहेको छु । कृष्णप्रसाद भट्टराई माथिको अन्याय पनि उही जसको ‘हातमा लाठी उसैको भैस’ नियति साबित हुन गयो ।

अहिले आएर सभापति पनि त्यही विरासतको बीजमा फलिफाप गर्ने गराउने मोडमा हुनुहुन्छ जो पक्कै पनि निन्दनीय कर्मको पुनरावृत्ति हो । यहाँले जब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेसको विधि विधानको अवगत गराउँदा एउटा कुरा बिर्सिएको झै लाग्यो । त्यो के भने नेपाली कांग्रेसको बिधानको सम्पूर्ण दफा उप दफामाथि केन्द्रीय समितिको बहुमत हाबी भएर पुराना सबै नजिर निस्तेज हुने अवस्थाको भरपुर लाभ उहाँले लिन खोज्नु भएको अवस्था बिद्यमान छ । सचेत रहनु पर्ने मुल कुरो यही छ जसलाई हामी नजरअन्दाज गरिरहेका छौं ।

‘आफूलाई पर्दा कस्तो कस्तो अरुलाई पर्दा सस्तो’ भने फरक पर्ला त ? महासमितिले गरेको बिधानको मुल मर्ममा प्रहार गर्ने गोरेटो कस्ले कोर्यो भनेर यहाँ भनिरहनु पर्दैन ।

कांग्रेसको यो दुर्दशाको लागि हामी सबै समानरुपले दोषी छौं र यो पुनरावृत्ति नहोस् भनेर जबसम्म बिधानमा कतिपय दफा अकाट्य रुपले समाबेश गर्न सकिदैन तबसम्म हामीजस्ता बिभेद र निषेधमा परेका कार्यकर्ताको राजनीतिक भबिष्य उही ‘घुमिफिरी रुम्जाटार’ जस्तै हुनेमा कुनै शंका छैन ।

स्मरण होस्, नेपाली कांग्रेस युवा संघर्ष समितिको गठन र नेतृत्व गरेर नेपाली कांग्रेस लोकतान्त्रिक बिधि बिधानबाट चल्नुपर्छ भनेर तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग टक्कर लिएर संघर्ष गरेको ब्यक्ति हुँ ।

उहाँले सुनुवाईको पहल नगरेको भए केन्द्रले मनोमानी ढंगले बिघटन गरेको नेबिसंघको पुनः अधिबेशन हुने थिएन । खुमबहादुर खड्का मेरो नेतृत्वको अनशन तोड्न कपिलवस्तु पुग्नु भएको जीवन्त इतिहास छ । ७ दिनसम्म निर्बाध चलेको आमरण अनशनको नेतृत्व पनि गरेको थिएँ जसको साक्षी सोभाकर पराजुली लगायत धेरैजसो सहयोगी हामी बीचनै छन् ।

शोभाकर पराजुली त्यतिबेला पार्टीको मुख्य सचिव हुनुहुन्थ्यो ।
तितो यथार्थ ।
रिसानी माफ होस् ।
पार्टीको जय होस्।
नियत खराब हुनेको कालो इतिहास लेखियोस् ।

  • रवीन्द्र कुमार उप्रेती
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =